पत्रकारले निर्वाचन आचारसंहितामा पालना गर्न जरुरी

पाल्पा । पाल्पाका पत्रकारका लागि लक्षित गरी मर्यादित र निस्पक्ष रिपोर्टिङ सम्बन्धि कार्यशाला सप्पन्न भएको छ ।  नेपाल पत्रकार महासघ र पाल्पा बिकास केन्द्रको आयोजनामा स्वच्छ स्वतन्त्र निस्पक्ष, पारदर्शी र बिश्वसनिय निर्वाचनका लागि कार्यशाला गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले आचारसंहिता पालना नहुँदा सुरक्षा जटिलता हुने गरेकोले निर्वाचन आचारसंहितामा पालना गर्न आग्रह गरे ।

पेसागत रुपमा फरकफरक आचारसंहितामा पालना गर्न जरुरी भएको प्रजिअ पन्थले बताए ।

बिगतका निर्वाचन भन्दा किफायत भएको र आचारसंहिता दल र उम्मेदवारको हितमा रहेको पन्थले बताए । स्थानीय तह निर्वाचनको आचारसंहिता कुनैमा सत प्रतिशात र कतै पालना हुन सकेको छैन ।

कार्यक्रमको पाल्पा बिकास केन्द्रका सल्लाहकार गोपाल प्रसाद बस्यालले निर्वाचन पत्रकार र सञ्चार माध्यमको भुमिका, आमसन्चारका निर्वाचन केन्द्रित कार्यहरु सहजीकरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाको अध्यक्षता र सचिव यज्ञमुर्ती तिमिल्सिनाको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया