निर्वाचन सुरक्षाःमदिराजन्य वस्तुको विक्रि वितरणमा रोक

तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले निर्वाचन सुरक्षालाई मध्यनजर गरी मादक पदार्थ तथा मदिराजन्य वस्तुको विक्रि वितरण र सेवनमा रोक लागाउने निर्णय गरेको छ ।

प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न वैशाख २७ गतेदेखि मतगणना नसकिँदासम्म यस्ता कार्य नगर्न र नगराउन जिल्लाबासीलाई निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन सेल प्रमुख जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न पाल्पा जिल्लाभर मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण तथा सेवनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, शसस्त्र प्रहरी बल तथा जनपथ प्रहरीका साथै म्यादी प्रहरी समेत सबै मतदान केन्द्रमा खटाइएको छ ।

जिल्लाका दश स्थानीय तहमा शान्ति सुरक्षा र भयरहित वातावरणमा निर्वाचन सम्पन्न तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया