तानसेन। स्थानीय तह सदस्य निर्वाचनमा पाल्पाका १६ वटा मदतानस्थल अति संवेदनशील रहेका छन् । जिल्लाका कूल १ सय १८ मतदानस्थलमध्ये १६ वटा अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
प्रजिअ पन्तका अनुसार ४५ मतदान स्थल संवेदनशील र ५७ सामान्य रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा २ सय ४७ मतदान मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
भोलि अर्थात शुक्रबार हुने मतदानमा अति संवेदनशील मतदान स्थलको सुरक्षा व्यवस्थाका लागि सोही मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका सबै स्थानीय तमहा गरी ५ सय भन्दा कम मतदाता रहेका ५ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख रुक्मागत अर्यालले बताए ।
आसन्न निर्वाचनमा पाल्पाबाट १ लाख ९९ हजार ६९० जना मतदाताले मतदान गर्ने पनि जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।