
पाल्पा । पाल्पाको एक विद्यालयमा मासिक ४ हजार तलबमा प्राथमिक तहको शिक्षक विज्ञानले चर्चा पाएको छ ।
मासिक चार तलबले दैनिक १३३ रुपैयाँ पर्छ । अहिले श्रमिक दैनिक ज्याला ५६० रुपैयाँ तोकेको छ । तर, विद्यालयले अनौठो निर्णय गरी ४ हजार तलवमा एक महिना काम लगाउन थालेको हो ।
जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सिकोटस्थित साना हुँगी माध्यमिक विद्यालयले मिति २०७९ जेष्ठ ५ गते गरिएको शिक्षक विज्ञापनमा मासिक चार हजार रुपैयाँ प्रावि तहका दुई जना शिक्षकको आवश्यकता रहेको विज्ञापनमा प्रधानाध्यापक हस्ताक्षर गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार प्रावि तहका लागि नीजि स्रोतबाट तलब खुबाउने गरी विज्ञापन गरिएको हो । यो शिक्षक विज्ञापन हेर्नुहोस ।