कक्षा १२ को वार्षिक परीक्षाको तयारी पूरा

काठमाडौं । भोलि अर्थात सोमबारदेखि हुने कक्षा १२ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । जेठ २५ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको सबै तयारी सकेको जानकारी दिएका हुन् ।

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुनेछ । चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया