घट्यो सवारीको भाडादर : तानसेन–काठमाडौंको कति?

तानसेन । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसंगै विभागले भाडादर घटाएको हो ।  विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटाएको छ।

यस्तै मालबहाक सवारीमा पनि भाडादर घटाएको विभागले जनाएको छ । जस अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २.६ प्रतिशत तथा तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीमा २.९ प्रतिशत भाडा घटेको छ ।

सरकारले इन्धनको मूलय ५ प्रतिशत वा सोभन्दा बढी बढेमा वा घटेमा सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । सरकारले आजदेखि नै लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको छ ।

हेर्नुहोस घटेको भाडादर :

तपाईको प्रतिक्रिया