कस्तो छ आजको मौसम ?

काठमाडाैं।हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानकाे आकाश बिहानैदेखि बदली छ, कतिपय क्षेत्रमा हल्का वर्षा समेत भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदर पश्चिम प्रदेशमा भने हालका लागि माैसममा बदली भएपनि केही स्थानबाहेक वर्षा नभएकाे महाशाखाले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया