पाल्पाका तीन सडकलाई २० करोड बजेट

तानसेन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७९।८० को आयोजनामा पाल्पाका मुख्य तीन सडकलाई २० करोड विनियोजन भएको छ ।

मन्त्रालयले राजमार्ग स्तरोउन्नती तथा पुनस्थापना कार्यक्रम अन्तर्गत पाल्पाका भिमाद – रामपुर मित्याल –  आरुङ खोला सडकको रामपुर – मित्याल सडक खण्ड एनएच – ६८, बर्तुङ्ग– तानसेन –  रिडी –  वामीटक्सार –  खर्वाङ्ग सडकको रिडी वामीटक्सार खण्ड एनएच  – ४९, बर्तुङ्ग – तानसेन –  रिडी –  वामीटक्सार –  खर्वाङ्ग सडक अन्तरगतको बर्तुङ्ग – तानसेन – रिडी खण्ड एच ४९ र सिद्धार्थ राजमार्ग एनएच  – ४७ बुटवल – तानसेन – राम्दी सडकका आयोजनाहरुका  लागि साे रकम विनियाेजन गरेकाे हाे ।

जस अनुसार भिमाद – रामपुर मित्याल –  आरुङ खोला सडकको रामपुर – मित्याल सडक खण्ड एनएच – ६८ को लागि ३ करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बर्तुङ्ग– तानसेन –  रिडी –  वामीटक्सार –  खर्वाङ्ग सडकको रिडी वामीटक्सार खण्ड एच  – ४९ को लागि ८ करोड र सोही सडकको बर्तुङ्ग – तानसेन – रिडी खण्ड एनएच ४९ को लागि २ करोड विनियोजन भएको मन्त्रालयले जनाएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिद्धार्थ राजमार्ग एनएच ४७ बुटवल – तानसेन – राम्दी सडकको लागि ७ करोड विनियोजन भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया