
बुटवल। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वलीले मंगलबार बिहान एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
मन्त्री वलीले मीनाको घरभित्रै गएर कपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको र सोही आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पीडित मीनाका अनुसार बिमला आज बिहान करिब ८ बजेतिर एक्कासी घरमा आइपुगेकी थिइन्। उनले ढोका हानेर भित्र पसी मीनासंगै उनकी तीन वर्षीया छोरीलाई समेत कुटपिट गरेकी थिइन् ।
उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्। ०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला निर्वाचित भएकी हुन्।