छहरा। पाल्पाको रैनादेवी छहरा गाउापालिका वडा नं. ४ स्थित पाखुरे सामुदायिक वनमा आठ हजार दालचिनीका बिरुवा रोपिएको छ । सामुदायिक वनले स्थानीय बासिन्दाका लागि आवश्यकता पूर्ति गर्ने स्थान मात्र नभई वनका जडिबुटीबाट म्दानीका स्रोत बढाउन वृक्षारोपण गरेको हो ।
सामुदायिक वनले स्थानीयलाई घाँस–दाउरा काट्न सहज बनाउनुका साथै आपद पर्दा वनबाट आम्दानी दिन यो कार्य गरेको जनाएको छ । पाखुरे सामुदायिक वनका अध्यक्ष नलबहादुर रानाले सामुदायिक वनमा रहेको खाली जमिनमा दालचिनीको बिरुवा रोप्नुपर्छ भन्ने मान्यता राखेर त्यसले उपभोक्तालाई चाँडो आम्दानी दिनसक्ने मान्यताका साथ यो कार्य गरिएको बताए ।
उनले वन बिना मानव जगतको कल्पना पनि गर्न सकिदैन भन्ने भावनाका साथ वृक्ष रोपण गर्नका लागि पटक पटक लुम्बिनी प्रदेश सरकारसंग सहयोग मागेर स्थानीय उपभोक्ताको आम्दानीसंग जोड्न लागी परेको बताए ।
डिभिजन वन कार्यालयका अधिकृत दिपक ज्ञवाली, वन,वातावरण तथा भु संरक्षण मन्त्रालयका योजना अधिकृत सन्त थिङ्ग, रिब्दिकोट सव डिभिजनका प्रमुख उपेन्द्र अर्याल, डिभिजन वन कार्यालयका योजना अधिकृत रामचन्द्र लामा, वन व्यवस्थापन अधिकृत संयोग बस्नेतलगायतले बाझो जमिनलाई हरियालीसंगै उत्पादनमा रुपान्तरण गर्नको लागि वृक्षारोपाणले सहयोग पुग्ने बताए ।
रोपण सुरुवात भएको र आगामी दिनमा वनमा रहेका जडिबुटी पहिचान गरी आम्दानीको स्रोत बनाउन सकियोे उनीहरुको भनाई रहेको थियो ।
पाखुरे सामुदायिक वनको ऐशेलु गैरा ब्लकमा आयोजित बृहत् तेजपात रोपण महाअभियान कार्यक्रममा स्थानीय उपभोक्ताहरुको पनि उलेख्य सहभागिता रहेको थियो ।


