गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। मृत्यु हुनेमा मदाने गाउँपालिका वडा नम्बर-१ अग्लुङ निवासी १४ वर्षका चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। यस्तै चट्याङले लागेर एक जना घाइते भएका छन् । सोही ठाउँ निवासी ४२ वर्षकी संगिता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer