बगनासकालीका दुई र तानसेनका एक जनामा कोराना पुष्टि

तानसेन। पाल्पामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तानसेन नगरपालिकाका १ जना तथा बगनासकाली गाउँपालिकाका २ जना गरी कुल तीन जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा दुई जना पुरुष तथा एक जना महिला रहेका छन् । उनीहरुमा कोरोनासंग मिल्दो लक्षण देखिएपछि एन्टिजेन विधिवाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुसंगै जिल्लाका अन्य एक सय ५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा अन्य सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

पछिल्लो समय देशभर संक्रमण बढेसंगै जिल्लामा पनि संक्रमित थपिने क्रम बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। पाल्पामा हाल तीन जना कोरोनाका सक्रिय संक्रमित रहेकोमा सबै घरमै बस्दै आएको पनि स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer