पाल्पामा थप दुई जनामा कोराना पुष्टि

तानसेन। पाल्पामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेनका एक तथा रिब्दीकोट गाउँपालिका भित्रका एक गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका दुवै संक्रमित महिला रहेका छन् । योसंगै हाल जिल्लामा ४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकारमाम अधिकारीले जानकारी दिए ।

पछिल्लो पटक जिल्लाभरबाट ५६ जनाको एन्टिजेन विधिबाट कोरोनाको नमूना परीक्षण गरिएको थियो ।

एक महिना अघिसम्म शुन्यमा रहेको संक्रमण पुनः उकालो लागेको हुँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाबासीमा अनुरोध गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer