तानसेन। पाल्पामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेनका एक तथा रिब्दीकोट गाउँपालिका भित्रका एक गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका दुवै संक्रमित महिला रहेका छन् । योसंगै हाल जिल्लामा ४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकारमाम अधिकारीले जानकारी दिए ।

पछिल्लो पटक जिल्लाभरबाट ५६ जनाको एन्टिजेन विधिबाट कोरोनाको नमूना परीक्षण गरिएको थियो ।

एक महिना अघिसम्म शुन्यमा रहेको संक्रमण पुनः उकालो लागेको हुँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाबासीमा अनुरोध गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया