तिनाउस्थित रानी झरनामा बढ्दैछ चहलपहल [फोटोफिचर]

पाल्पा । तिनाउ गाउँपालिका २ बगाहमा रहेको रानी झरना यतिबेला आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

पहिचान अभावमा ओझेलमा रहेको उक्त झरनामा अहिले पर्यटकको चहल पहल सुरु भएको हो । पहाडको कुनाकन्दराबाट कलकल बगेको मनमोहक रानी झरना हेर्न अहिले विभिन्न स्थानबाट समेत मानिसहरु पुग्ने गरेका छन् । डिभिजन वन कार्यालयको व्यवस्थापनमा र ढापखोला सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा झरनालाई व्यवस्थित पारिएपछि त्यहाँ पुग्ने मानिसहरुको संख्यामा बृद्धि भएको हो ।

त्यहाँ घुम्न एवं नुहाउन पुग्ने आन्तरिक पर्यटकले विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर समेत राख्ने गरेका छन् । बगाह स्थित ढापखोला सामुदायिक वन क्षेत्रमा झरना रहेको छ ।

तपाईको प्रतिक्रिया