
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार गरिएको पिसीआर परीक्षणका क्रममा मुख्यमन्त्री पोखरेललाई संक्रमण पुष्टि भएको हो ।
आाइतबारदेखि सामान्य रुघा लागेको र सोमबार बिहानबाट हल्का ज्वरो आएपछि चिकित्सकसँग परामर्श लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
चिकित्सकका अनुसार अहिले मुख्यमन्त्री पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको र पोखरास्थित सरकारी निवासमा आइसोलेट भएका छन् ।
यसैबीच पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढेको हुँदा आफूसंग सम्पर्कमा रहेकासंगै सबैले स्वास्थय मापदण्डको पालना गरी सतर्कता अपनाउन मुख्यमन्त्री पोखरेलले अनुरोध गरेका छन् ।