तानसेन। बुधबारदेखि परेको वर्षाले किसानलाई राहत मिलेको छ । आकासे पानीको भरमा वर्षे धान लगाउने किसानले पानी परेपछि राहत मिलेको हो ।

पहाडी जिल्लाका टारी खेतसंगै पर्याप्त सिचाई सुविधा नभएका फाटँहरुमा समेत पानीको अभावले रोकिएको रोपाइँ गर्न पाउँदा किसानहरु उत्साहित भएका छन् ।

पाल्पाको रामपुर फाटँ र अन्य टारी खेतमा धमाधम रोपाई सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको अन्नभण्डार मानिने माडी फाँटमा ९५ प्रतिशत रोपाइँ सकिएको र सम्रग जिल्लामा ९० प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले जानकारी दिइन् ।

एक सातासम्म निरन्तर पानी परेमा जिल्लाभरका खेतीमा रोपाइँ सकिने आकलन कृषि ज्ञान केन्द्रले गरेको छ ।

पाल्पामा नौ हजार छ सय हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुँदै आएको छ।

तपाईको प्रतिक्रिया