चिटिक्क बन्दै टुडिखेल

तानसेन। पाल्पा सदरमुकाम तानसेनमा रहेको टुडिखेल स्तरोन्नतिको काम तिव्र गतिमा भएको छ । विगतमा विभिन्न बाहनामा रोकिएको स्तरोन्नितको काम पछिल्लो समय तिव्र गतिमा संचालन भएको हो ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष ०७६।०७७ देखि गुरु योजना बनाएर दुई वर्षभित्र सक्नेगरी तीन करोड ८२ लाख ९४ हजार रुपियाँमा टेण्डर गरेर निर्माणको काम सुरु गर्को थियो ।

स्तरोन्नतिको काममा कोरोना महामारी र अन्य कारण देखाएर काम सुस्त भएकोमा पछिल्लो पटक भने कामले गति लिएको हो । पछिल्लो समय टुडिखेलको पैदलमार्ग, खेल मैदान, जेष्ठ नागरिक पार्क, फुटपाथ ,खुल्ला मञ्चलगायतको काम भइरहेको तानसेन नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठका अनुसार टुंडिखेलको बीच भागमा मैदान, वरपर छेउमा बाल र जेष्ठ नागरिक बगैँचा तथा फुलबारी निर्माण भएको छ ।

जसको हालसम्म ९० प्रतिशतबढी काम सम्पन्न भएको पनि श्रेष्ठले बताए । समग्र टुंडिखेलको सुन्दरता थप्न र जिल्लाकै पहिचान बनाउन र तानसेन आउने पर्यटकको मन लोभ्याउने गरी नै स्तरोन्नतिको कार्य भएको नगरपालिकाले जनाएको छ ।

अहिले छाडा चौपायालाई भित्र जानबाट रोक्न रिटेनिङ् वाल र फलामका रेलिङ्, राख्ने काम सकिएको छ । यस्तै मिनि स्टेज निर्माण र बनेका संरचनामा रंग लगाउने कार्य भएको नगरपालिकाले जनाएको छ ।

टुडिखेल निर्माण र स्तरोन्नतिको काम गत असारममै सक्नुपर्ने भएपनि म्यादथप गरी आगामी असोज मसान्तमा सक्नेगरी जयनेपाल इश्वर चन्द्र निर्माण सेवा प्रालिले काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया