पाल्पामा कोरोनाका बिरामी १०४ पुगे

तानसेन। पाल्पामा कोरोनाका बिरामीको संख्या एक सय ४ पुगेको छ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको तथ्यांक अनुसार पछिल्लो पटक थपिएका संक्रमितसंगै सक्रिय संक्रमितको संख्या एक सय ४ पुगेको हो ।

उनीहरु मध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ भने १०२ जना घरमै बस्दै आएका छन् । पछिल्लो समय रुघाखोकी र कोरोनासंग मिल्दो लक्षण भएका बिरामीको संख्या बढेसंगै गरिएको नमूना परीक्षणमा दैनिक संक्रमित बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

देशभर संक्रमण बढेको र जिल्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिने नागरिकबाट पनि समुदायमा संक्रमण फैलिएको स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई छ ।

पछिल्लो समय दैनिक संक्रमित बढेको हुँदा स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले जनस्वास्थ्यका मापदण्डको पालनामा जोड दिन नागरकिलाई अपिल गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया