तानसेन। पाल्पामा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक् अनुसार १४ जना पुरुष तथा १२ जना महिला गरी थप २६द जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा दुई जनाको पीसीआर विधिबाट गरिएको नमूना परीक्षणमा दुवै जना पुरुष तथा ६९ जनाको एन्टिजेन विधिबाट गरिएको नमूना परीक्षणमा १२ पुरुष तथा १२ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यसैबीच यही अवधिमा ४ जना महिला तथा २ जना पुरुष भने संक्रमणमुक्त भएक छन् ।

योसंगै हाल जिल्लामा कोरोनाका सक्रिय बिरामीको संख्या ९८ पुगेको जसमध्ये ४ जनाको अस्पताल तथा अन्य संक्रमित घरमै बस्दै आएको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया