
तानसेन। पाल्पामा एक जना युवा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ खुर्सानेका १७ वर्षीय लिला बहादुर कार्की सोही स्थानमा मावली घर गएको बेला मृत अवस्थामा फेला परेका हुन् ।
मावली खिमकुमारी बलालको घरमा दलानमा सुतेका कार्की मृत अवस्थामा भेटिएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । स्थानीयको खबरपछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्ट मार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।