
तानसेन। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विभिन्न शैक्षिक माग समेटेर त्रिभुवन बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ ।
इकाई अध्यक्ष भीमबहादुर लुंगेली, केन्द्रीय सदस्य पदम सोमै, पूर्व इकाई अध्यक्ष ताराबहादुर रायमाझी नेतृत्वमा गएको विद्यार्थीले क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक सुधारसहितको १३ बुँदे मागहरु समेटिएका छन् । पछिल्लो समय क्याम्पसमा शिक्षाको गुणस्तर खस्किएको भन्दै आफूहरुले पटक पटक ध्यानाकर्षण गराउदै आएको विद्यार्थी संगठका इकाई अध्यक्ष लुंगेलीले जानकारी दिए ।
हेर्नुहोस् ज्ञापन पत्रका विषयहरुः
१. क्याम्पस समयमा विद्यार्थी हुने शिक्षक नहुने समस्या तत्काल समाधान गरियोस् ।
२. नियमित पठनपाठनको व्यवस्थाका साथै पुस्तकालय १२(६-१० र १०-४ ) घन्टा संचालनको वातावरण मिलाउन अनुरोध गर्दछौं ।
३. शिक्षा संकायलगायत Practical हुने विषयमा अनावश्यक शुल्क उठाउन बन्द गरि व्यवस्थित गरियोस् ।
४. महिनामा १ दिन भए पनि विद्यार्थी, विद्यार्थी नेता तथा प्राध्यापकहरुको उपस्थितिमा अध्ययन तथा सिकाइलाई प्रभावकारी तथा सुधार गर्ने विषयमा छलफल गरियोस् ।
५. पुस्तकालयमा नियमित पढाई हुने पुस्तक नभएकोले तथा खोज्न समय लाग्ने हुँदा आवश्यक ब्यबस्थापन गरि नयाँ पुस्तकहरु उपलब्ध गराइयोस ।
६. क्याम्पसबाट हुने निर्णय सूचना सार्वजनिक गरियोस।
७. क्याम्पसमा स्वच्छ पिउने पानीको ब्यबस्था,नियमित सरसफाइ, नियमित अतिरिक्त क्रियाकलाप, खेलकुद सामाग्री तथा मैदान, शौचालय सुधार विशेष छात्रालाई सेनेटरी प्याड, प्राथमिक उपचारको ब्यबस्थातर्फ ध्यान पुगोस् ।
८. क्याम्पसका कर्मचारीको व्यबहार विद्यार्थी मैत्री,पक्षपात रहित व्यबहार गर्नुपर्दछ तर क्याम्पसमा विद्यार्थीसँग झर्केर बोल्ने तथा अभद्र व्यबहार गरेको पाइएको कारण तत्काल उक्त व्यबहार त्याग्नको लागि हाम्रो संगठन जोड्दार माग गर्दछ ।
९. कक्षाकोठामा विद्युत तथा लाइटको समस्या तत्काल समाधानका साथै पुराना सामग्री हटाउनको लागि आवश्यक पहल गर्न जोडदार माग गर्दाछौं।
१०. बढी चाप भएका BBS,B.Ed प्रथम बर्षका कक्षा ब्यबस्थित गरियोस्। BBM,BBA, B.Sc. लगायतका विद्यार्थीलाई पठनपाठन सहज बनाउन WiFi को व्यवस्था गरियोस् ।
११. पोशाक एउटै कक्षामा एकै किसिमको लगाउने व्यवस्था भए बमोजिम आवश्यक अनुगमन गर्न माग गर्दछौं तथा केही कक्षाकोठामा अध्ययन गर्दा पानी चुहिने समस्या भएको कारण त्यसलाई रोक्न आवश्यक पहल गर्न अनुरोध गर्दछौं ।
१२. क्याम्पस गेट अगाडि मेन रोडमा जेब्रा क्रसको व्यवस्था मिलाउन ट्राफिक प्रहरी संग आवश्यक सर सल्लाह गरि जेब्रा क्रसको ब्यबस्था गरियोस् ।
१३. लामो समयदेखिको कर्मचारी ढिलासुस्ति अन्त्य, रोकिएको कर्मचारी व्यवस्थापन तत्काल गरियोस । साथै स्मार्ट क्याम्पसको अवधारणा लागु गरि दक्ष एवम् सीपयुक्त कर्मचारी भर्ना तत्काल गरियोस ।
अन्त्यमा, हाम्रा जाहेज मागहरू अविलम्ब पुरा भएन भने हाम्रो संगठन जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ । उक्त संघर्ष र आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं क्याम्पस प्रशासन हुनुपर्नेछ ।
इकाइ अध्यक्ष लुगेली र सचिव राजन क्षेत्रीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएकाे छ । यसैबीच ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख भट्टराइले विद्याथीकाे मागका विषयमा आफू गम्भीर भएकाे र तत्कालै कार्यान्वयनमा लैजाने बताए ।