
काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते सञ्चालन गरेको परीक्षाफल सार्वजनिक गरेको हो ।
आयोगले जारी गरेको सूचना अनुसार प्रदेश १को सबै र मधेश प्रदेशका (क्र.स. १ देखि १० सम्मका उम्मेदवार) को अन्तर्वार्ता असोज २५ गते विहान ८ बजे हुने जनाएको छ ।
यस्तै मधेश प्रदेशका (क्र.सं. ११ देखि माथिका सबै) उम्मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्मेदवार तथा बागमती प्रदेश (क्र.स. २६ देखिमाथि सबै उम्मेदवार)को अन्तर्वार्ता २५ गते दिउँसो २ बजे हुनेछ ।
यस्तै बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्मका उम्मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूर पश्चिम प्रदेशका सबै उम्मेदवारहरुको अन्तर्वार्ता असोज २६ गते बिहान ८ बजे हुने कार्यतालिका बनाएको आयोगले जनाएको छ ।