तानसेन। ७ औं पाल्पा हव एसक्यूसी(विद्यार्थीको गुणिय चक्र) सम्मेलन तानसेनमा सुरु भएको छ । कोभिड १९ महामारीका कारण दुई वर्षदेखि हुन नसकेको सम्मेलन यस पटक तानसेनस्थित बृृन्दावन एकेडेमी सेकेण्डरी स्कुलमा सुरु भएको हो ।

सम्मेलनकाे जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले समुद्घाटन गरेका हुन्र । एक दिने सम्मेलनमा जिल्लाका २२ विद्यालयका २०३ जना विद्यार्थी सहभागी भएका छन् ।

खासगरी संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता रहेको यो कार्यक्रमबाट विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभै सर्वाङ्गीण विकासका लागि टेवा पुग्ने विश्वास आयोजकले गरेको हो । कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीले यो कार्यक्रममा भाग लिनेछन् ।

गुणीय चक्रका केन्द्रीय सदस्य खेमबहादुरका अनुसार यस प्रकारको कार्यक्रम विद्यार्थीले समूह बनाएर कक्षागत रुपमा समस्याको पहिचान,समस्याको कारण,समस्याको असर र प्रभावका साथै समस्या समाधानको उपायका विषयमा अनुसन्धान गरी त्यसको व्यवहारिक प्रयोग र जीवन उपयोगी शिक्षा लिन विद्यार्थी सफल हुने हुनेछन् ।

चार जनादेखि १० जनासम्मका विद्यार्थीहरुको समूह निर्माण विद्यायलस्तरमा भएका वार्षिक प्रगतिको नतिजा आजको कार्यक्रममा देखिने आयोजकले जनाएको छ । सहभागि विद्यार्थीका अलवा तीन विद्यालयका शिक्षक तथा विद्यार्थी गरी २३ जनाले प्रोग्रामको अवलोकनका गर्ने कार्यक्रम रहेको सम्मेलनका संयोजक रवी पाण्डेले जानकारी दिए ।

करिव दुई लाख ५० हजार रुपैयाँ विद्यार्थी तथा विद्यालयबाट संकलन भएको र अपुग खर्च आयोजक विद्यालयले व्यहोर्ने गरी कार्यक्रम सुरु भएको छ । सम्मेलनमा २२ वटा विषयगत अध्ययनको प्रस्तुति हुनेछ ।

सम्मेलनबाट असल र सफल व्यक्ति उत्पादन गर्नुका साथै पछिल्लो समय विद्यार्थीमा घट्दो व्यवहारिक ज्ञानलाई बढवा दिन सहयोग पुग्यो आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया