देशभर वर्षा, पाल्पासहित यी स्थानमा सचेत रहन आग्रह

तानसेन। आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा आएको बदलीका कारण गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

बिहीबार दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङसहित भारी वर्षा हुनेछ ।

महाशाखाले भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको भएकोले आवश्यक सतर्कता अपनाउनअनुरोध गरेको छ।

यसैबीच महाशाखाले बिहान ९ः३० बजे जारी गरेको सूचना अनुसार नवलपरासी बर्दघाट सुस्ता पश्चिममा गरिएको वर्षा मापनका क्रममा उक्त जिल्लाको परासी, रुपनदेही जिल्लाको भैरहवा, सुर्यपुरा, कपिलवस्तु जिल्लाको तौलिहवा, बाणगङ्गा, पाल्पा जिल्लाको तानसेन, नवलपुर जिल्लाको देउराली नवल, दाङको कोइलाबास, लालमाटिया, लमही र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकश्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहने बस्तीका नागरिकलाई दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया