अखिल क्रान्तिकारीकाे शुभकामना आदान-प्रदान

तानसेन। नेकपा (माओवादी केन्द्र) निकटको अनेरास्ववियू क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस इकाई कमिटिले दशैं तिहार तथा छठ पर्व र नेपाल सम्बतको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । इकाई अध्यक्ष भिम लुङेगेलीको अध्यक्षतामा भएको कार्यक्रममा दशैं तिहार तथा छठ पर्व र नेपाल सम्बतको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ ।

साेही अवसरमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सह इन्चार्ज अनिल किशोर घिमिरेले क्रान्तिकारी विद्यार्थीहरु परिवर्तनको सम्वाहक भएकाे बताउदै विसङ्गती र विकृती विरुद्ध एक हुनु पर्ने बताए ।

यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य नेत्र पान्डेले पाल्पा जिल्लामा क्रान्तिकारी विद्यार्थीले हकहित र अधिकारमा सदैव रचनात्मक काम गरेको बताए ।

अनेरास्ववियू केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष पदम सोमै, त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख टंक भट्टराई, सहायक क्याम्पस प्रमुख केशब घिमिरे, अनेरास्ववियू छात्रा विभागकी केन्द्रीय सदस्य गंगा बारघरे, क्याम्पस इन्चार्ज ताराबहादुर रायमाझी, जिल्ला सदस्य बिज्ञान दुधराज लगायतले शुभकामना दिएका थिए ।

साेही बखत सास्कृतिक कार्यक्रम पनि संचालन भएकाे थियाे ।

अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस उपाध्यक्ष माधब बरालको स्वागतबाट सुरू भएकाे कार्यक्रमको संचालन सचिव राजन क्षेत्रीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer