तानसेन। हिन्दु नेपालीहरुको महान पर्व हो बडा दशैं, पहिले घरमा कमेरो र रातो माटोले पोतेपछि गाउँ, टोल र भञ्जांगहरुमा पिङ राख्ने, चंगा उडान र विविध सास्कृतिक कार्यक्रम गरी पर्व मनाउने प्रचलनले पर्वको दशैंको रौनक बढ्ने गर्दथ्यो । तर पछिल्ला समय प्रविधिमा भएको विकाससंगै यस्ता मौलिक परम्परा हराउँदै गएका छन् ।

 

गाउँमा युवाशक्ति कम बस्ने र मनोरञ्जनका साधनमा भएको विकाससंगै लोप हुने अवस्थामा पुगेको परम्परा जर्गेणा गर्न पुनः युवाहरु लागि परेका छन् । टोल टोलमा राखिने रोटे, रिंगे र चर्के पिङसंगै चंगा उडाउने, प्रचलन अहिले हराएको भन्दै युवाहरुले यस्को जगोणाको पहल थालेका हुन्। पछिल्लो समय मनोरञ्जनका साधनमा भएको विकासका कारण हराउन लागेको मौलिक पनलाई जर्गेणा गर्न गरी दसैं मनाउन आफूहरु लागि परेको बगनासकाली ४ का केदार अर्यालले बताए ।

गाउँ युवाहरु जम्मा भएर युवा तास खेल्नु भन्दा मौलिक सस्कृतिको संरक्षणका लागि आफूहरु लागि परेको युवाहरुले बताएका छन् । अहिले पनि विभिन्न शिलसिलामा गाउँ र देश बाहिर बस्नेहरु पर्व मनाउन गाउँ फर्किने गर्दछन् ।

अन्य समयमा सहरकै आधुनिकतामा रमाउने युवा पुस्ता पनि गाउँ पुगेपछि भने मौलिक तरिकाले पर्व मनाउन पाउँदा खुसी भएका छन् । पाका पुस्ताले धानेका यस्ता परम्परा लोप हुन थालेपछि यस्को जर्गेणा गर्न नयाँ पुस्ताले सुरुवात गरे पनि पर्याप्त भने भएको छैन् । त्यसैले युवा पुस्तालाई सीप सिकाएर मौलिक परम्पराको संरक्षण गर्न स्थानीय तहहरुले पनि पहल गर्नु पर्ने युवा पुस्ताको भनाइ छ।

तपाईको प्रतिक्रिया