तानसेन। नेकपा एमालेका पुराना नेता तथा प्रदेश कमिटी सदस्य एकप्रसाद भणडारीले एमाले परित्याग गरेको घोषणा गरेका छन् । लामो समयदेखि एमालेमा सक्रिय राजनीति बिताएका नेता भण्डारीले टिकट नपाएपछि एमाले पार्टी छाडेको घेषणा गरेका हुन् ।
उनले एमालेमा रहेर २०२६ सालदेखि विभिन्न कालखण्डमा सक्रिय राजनीतिक जीवन बिताएको र जेल समेत परेको उल्लेख गर्दै पछिल्लो समय पार्टीभित्र देखिएको व्यक्ति केन्द्रित निर्णयले देश र जनताको भलो नहुने हुँदा आफूले पार्टी छाडेको घोषणा गरेको जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुमका एक स्टाटस लेख्दै आफू आजदखि एमाले पार्टीमा नरहेको जनाएप पनि अब कुल दलमा रहने भन्ने खुलासा गरेका छैनन् ।