रुपन्देहीमा गठबन्धनका साझा उम्मेदवार पहाडी

बुटवल । रुपन्देही क्षेत्र नंं. ५ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु पोख्रेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

बुधबार दिउसो १ बजेसम्म निर्वाचन कार्यालयले मनोनयन फिर्ता लिने समय तोकेको थियो । समयसिमाभित्र नै नेपाली कांग्रेसका पोख्रेलले उम्मेदवारी फिर्ता लिएका हुन । उनले नेकपा माओवादी केन्द्रका विनोद पहाडीलाई सघाउने भएका हुन ।

सत्ता गठन्धनबीचको भागबण्डा अनुसार प्रदेश सभा ‘२’ कांग्रेसलाई तथा प्रदेश सभा ‘१’ माओवादीको भागमा परेको थियो । यस क्षेत्रमा केन्द्रको नियम विपरित सत्ता गठबन्धन नेपाली कांग्रेसका विष्णु पोख्रेल उम्मेदवारी मनोनयन दर्ता दलहरु बीच सम्वन्धमा दरार आएको थियो ।

नेकपा माओवादी केन्द्रका विनोद पहाडीले उम्मेदवारी दर्ताले यस क्षेत्रका नागरिक उत्साहित भएका छन् । पाल्पाका भूवनपोखरीमा जन्मेका  पहाडी रुपन्देही जिल्लामा पत्रकारिकताको माध्येमबाट सामाजिक परिर्वतनको आन्दोलनमा पनि सक्रिय छन् ।

तपाईको प्रतिक्रिया