आज पूर्वी पाल्पामा विद्युत अनियमित हुने

तानसेन। पाल्पाको पूर्वी फिडरमा एक दिन विद्युत अनियमित हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले शनिबार हागाँविगा काट्नका लागि विद्युत कटौती गर्ने भएको हो।

केन्द्रले एक सूचना निकालेर पूर्वी फिडरको बगनासकाली, रम्भा, माथागढी र पूर्वखोला गाउँपालिका क्षेत्रका रुखका हागाले छोएका रुख कटान गर्नका लागि विद्युत अनियमित गर्न लागेको जनाएको छ ।

केन्द्रले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

हेर्नुहोस प्राधिकरणले निकालेको सूचना

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer