तानसेन । पाल्पको भैरवनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दशैंका बेला निरन्तरको वर्षा भएको र हाल मौसममा सुधार आएपछि भैरवनाथको दर्शन गर्नका लागि भक्तजनको भीड लागेको हो ।
खासगरी भाकल अनुसारको पुजा गर्न र नियमित रुपमा दर्शन गर्नका लागि जिल्लाका विभिन्न स्थानसंगै बाहिरी जिल्लाबाट पनि बाक्लो रुपमा भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
अहिले दैनिक ६ सयबढी भक्तजनले मन्दिरको दर्शन गर्ने गरेका मन्दिरका व्यवस्थापन मिन बहादुर बुढाथोकीले बताए । मानापाथीको रोट चडाउने, धजा, नरिवल धता तथा सबै प्रकारका बली चडाउनका लागि मन्दिरमा पुगनेहको भीड लागेको छ ।
अहिले तिहार पर्व नजिकिएसंगै बिदा र बाहिरबाट गाउ फर्किएकाहरु पनि मन्दिर दर्शनका लागि पुग्ने गरेको उनीहरुले बताएका छन् ।