पाल्पामा करेन्ट लागेर युवकको मृत्यु

तानसेन। पाल्पा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका ९ जब्गादीका २९ बर्षीय विष्णुबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार मंगलबार बिहान करिब १० बजेको समयमा घाँस काट्न दबदबेको रुखमा चढेको र अचानक ३ फेस लाइन छुन गई घाइते भएका श्रेष्ठको उपचारका लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया