पुरानो शहर तानसेनमा तिहारमा बढ्याे व्यापार

तानसेन। पाल्पा सदरमुकाम तानसेन नेपालको पुरानो शहरका रुपमा परिचित छ। कुनै बेला तानसेन बजार जिल्लाका विभिन्न गाउँसंगै छिमेकी जिल्लाबाट किनमेल गर्न आउने थलोका रुपमा रहेको थियो । तर, देश संघीय संरचनामा गएपछि स्थानीय तहको मुकामबाटै धेरै सुविधा उपलब्ध हुन थालेपछि तानसेनको व्यापार पनि घटेको छ ।

गाउँगाउमा शहरीकरण भएपछि बजार केन्द्रित व्यापारमा कमी आए पनि यो वर्षको तिहारका बेलामा भने तानसेनको व्यापारमा उलेख्य मात्रामा वृद्धि भएको छ । विगतका वार्षमा कोरोनाका कारण सोचे अनुसार व्यापार गर्न नसकेका व्यापरीहरु यो वर्षको तिहारमा राम्रो व्यापार भएकोमा खुसी भएका छन् ।

पर्यटकीय हिसाबले समेत रामो गन्तव्य मानिने तानसेन बजारमा अन्य समयमा व्यापार नहुँदा चिन्तित बनेका व्यापरीलाई तिहारको बजारले उत्साह थपेको छ । तिहारका लागि खाद्यान्न, लत्ताकपडा, टीका, भाईमसलालगायत उपहारका सामग्री किन्नेको भीडका कारण तानसेनको व्यापार बढेको हो।

विगतमा कोरोना तथा यो वर्षको दशैंका बेला निरन्तर पानी परेका कारण किनमेन गर्न चाहेर पनि बजार आउन नपाएका उपभोक्ताले तिहारमा राम्रो मात्रामा सामग्री किनेको व्यापारी अनु रायमाझीले बताइन् ।

यो वर्ष विगतका वर्षको तुलनामा सबैजसो सामग्रीको मूलय बढेर आउदा भने केही उपभोक्ता सामग्री किन्न नसकेको विजुली पसल संचालक सरवीर मलेगोले बताए । जनतासंग क्रयशक्ति नभएको बेला तिहारका बेला धेरै प्रयोग हुने झिलिमिली बत्तीलगायतका सामग्रीको मूल्य भने दोब्बर बढीले वृद्धि हुँदा उपभोक्ताले चाहेजति किन्न नसकेको मलेगोले बताए ।

उत्यालो र रंगहरुको पर्वका रुपमा हिन्दु नेपालीहरुले उत्साहकासाथ मनाउने तिहार पर्वका बेला बढेको व्यापारलाई सधैव निरन्तरता दिनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने पनि तानसेनका व्यापारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया