
पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नंं २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले नेपालको राष्ट्रियता जोगाउने काम नेकपा एमालेले मात्र गरेको बताएका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा रिब्कोट गाउँपालिका वडा नंं ८ फेकमा बोल्दै गैरेले नेपालको गुमेको भूभाग ई चुच्चे नक्सामार्फत समेटेको, राष्ट्रघाती नागरिकता विधेयकको विपक्षमा एमाले मात्र उभएको दाबी गरे ।
जनतासंग उम्मेदवार गैरेले पाल्पाको पश्चिम क्षेत्र फेक , बेडु बुढीकोट, दोभान जोड्ने नयाँ बाटो निर्माणमा पहल गर्ने, एक घर एक धारा पुरा गर्ने, स्वास्थ्य बीमालाई सहज बनाउने, वृद्धाभत्ताको रकम वृद्धि गर्ने, रिब्दीकोटलाई तरकारी जोनको रुपमा विकास गर्ने, उत्पादित कृषिजन्य बस्तुलाई बिक्री वितरण सहजता बनाउनदै जनताको आर्थिक समृद्धिमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।