पाल्पाको पूर्वखोलामा ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय रानाको मृत्यु

तानसेन। पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ राक्सेका २२ वर्षीय कमल राना रहेको प्रहरीले जनाएको छ ।

उनको शनिबार बेलुका सबा ८ बजेतिर ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका चालक रहेका रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

आर्यभञ्याङ पूर्वखोला कच्ची सडक खण्डको मंगलामा चेवाबाट जल्पातर्फ जाँदै गरेको लु ४ त ७१९८ नम्बरको ट्याक्टर सडकदेखि करिब ५ मितर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया