
काठमाडौं। नेपालमा डेंगु संक्रमितका सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।
योसँगै देशभर कूल डेंगु संक्रमितको सङ्ख्या ५० हजार २६३ पुगेको छ । साउनदेखि यता मात्रै सो संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले साउनदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको जनाएको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको पनि मन्त्रालयले जनाएको छ ।