तानसेन। पाल्पामा देउसीभैलो खेलेर उठेको रकमबाट दृष्टिबिहीन विद्यार्थीहरुलाई खाना खुवाईएको छ । जिल्लाकाे तानसेन वडा नं-४, स्थित विशालबजारका समूहले तिहारकाे समयमा देउसीभैलाे खेलेर उठाएकाे रकमबाट दमकडा नमुना विद्यालयका दृष्टिबिहीन २४ बढी विद्यार्थीहरुलाई खाना खुवाइएका हुन् ।

समूहका संयोजक बृहस्पति रानाका अनुसार  खानाकाे लागि समूहले १६ हजार खर्च गरेकाे हाे। देउसीभैलाेमा  उठेकाे १ लाख बढी रकमबाट समूहले अन्य रकम पनि सामाजिक कार्यमा खर्च गर्ने जनाएकाे छ ।

कार्यक्रममा सहभागी विशालबजारका समाजसेवी डिलबहादुर रानाले विद्यार्थीहरुको लागि ६ हजार नगद, विद्यालयको अक्षयकोषका लागि कालिका फेसहाउस, तानसेनका संचालक धनबहादुर बुढाथोकीले १० हजार र बिशालबजारकै धर्म गाहाले ६ हजार नगद सहयाेग गरेकाे विद्यालयका प्रअ माेहनप्रसाद सापकाेटाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया