समग्र तिनाउकाे विकासमा लाग्नेछुः घर्ती

तानसेन। पाल्पा क्षेत्र नं. २ प्रदेश सभा २( २) का उम्मेद्वार तुलाराम घर्तीले  तिनाउको सत्वती र दोभान क्षेत्रको समग्र आर्थिक र पूर्वाधार विकासमा आफूले काम गरेको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिने भएकाले गठबन्धनलाई विजयी बनाउनुपर्ने बताएका छन् । उनले झिगामारा, हरियाली गाउँ हुँदै अर्घाखाँची जोड्ने सडकको स्तरन्नोति गर्ने, तिनाउ गाउँपालिकाको पहुँचमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोज गर्न पहल गर्ने बताए ।

तिनाउका मतदातासंगकाे भेटमा  उनले पहुँचमार्ग निर्माणका लागि आफुुहरुले प्रदेश सरकारबाट पटक–पटक बजेट विनियोजन गरे पनि तिनाउ गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा प्रदेश सदस्यका उम्मेदवार ओम घर्तीले राजनीतिक प्रतिशोध राखेर काम नै नगरी बजेट फ्रिज गर्ने गरेका कारण काम हुन नसकेको आरोप लागाए ।

तिनाउकाे दाेभानमा भएकाे कार्यक्रममा गठबन्धनका जिल्ला संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, प्रतिनिधि सभा सदस्य समानुुपातिकका उम्मेदवार सन्दीप राना, प्रदेश समानुपातिक सदस्यका उम्मेदवार रितु श्रेष्ठ, तारा रसाइली, लक्ष्मी पाठक, माओवादी केन्द्रका केन्दीय सदस्यहरु चक्रवियुु थापा, पुरन केसी, नेपाली काँग्रेसका लुुम्बिनी प्रदेश सदस्य महेन्द्र पाण्डे, काँग्रेस नेता प्रेम प्रसाद पाण्डे, एकिकृत समाजवादीका नेता अरव्रिन्द पाण्डे, माओवादीका नेता अमर प्रधान, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य दिनेश जिसी,  तिनाउ  गाउँपालिका पूर्व प्रवक्ता राजेश श्रेष्ठ, दुुर्गाबहादुर थापा,हरी पाण्डे लगायतका नेताहरुले तिनाउ र समग्र पाल्पा जिल्लाको विकासको लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer