बिकेका भोटहरु!

सधैं भट्टी भित्र पस्ने
सधैं मासु भातमा बिक्ने
सधैं पालैपालो सट्टामा जाने
ती भोटरहरु
जब, बाडेर ज्ञान,
छोडेर उर्जा,
पुगेर चेतना
तब, स्वतन्त्र हुन्छन
बाड्न थाल्छन
बिकास र निकासका कुराहरू
खुसीले रमाउन परिवारहरु ।

परिवार भन्छन
अब, सुखी मिल्छ
खुसी दिन्छ
बन्छ उज्यालो परिवारको
शान्ति त पक्कै हुन्छ ।

समाज भन्छन
कस्तो राम्रो सम्बन्ध भएको
देख्छन आनन्द रहेको
छिमेकी वाह, सन्तान इस्वरको बरदान
जब,लिन्छन परिवार समाजको ठेक्का
पाउछ्न आफ्नै चेतनाको हेक्का ।

भाग्ने छन ती सामन्तहरु
आफ्नै शासन तोडेर
जानेछ्न परिवर्तनशिल समाज छोडेर ।
त्यसपछि, लिनेछन आफ्नै स्वामित्व
गर्नेछन आफ्नै काम
काधमा काध मिलाएर ।

दिनेछ्न माया हातमा साथ मिलाएर
बन्नेछ्न आफै बिचारहरु
गर्नेछन आफ्नै हितहरु
खुल्नेछ्न आँखा
देखिन्छन ती आफ्नै कर्महरु
बुझ्नेछन ती आफ्नै मर्महरु
बन्नेछन आफ्नै ती शहरहरु
बढ्नेछ्न आफ्नै रहरहरु ।

तपाईको प्रतिक्रिया