काठमाडौं। बिहेको सिजन (मंसिर महिना) नजिकिएसँगै सुनको मूल्य पनि उकालो लाग्न सुरु भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार कात्तिक महिनाको २९ दिनमा सु्नको मूल्य ५ हजार ७ सय रुपैयाँले बढेको छ । मंगलबार मात्रै सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ पुगेको छ ।
यस्तै मंगलबार तेजावी सुनको प्रतितोला मूल्य ९७ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ ।