
काठमाडौं । दार्चुलाको गाेकुलेश्वरमा प्रेसर कुकर वम फेला परेकाे छ । नेकपा विप्लव समूहले दार्चुला बैतडी जाेड्ने चमेलिया पुलमा वम राखेकाे हाे ।
वमलाई नेपाली सेनाको टोलीले नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । विप्लव समूहले निर्वाचनमा डर त्रास सिर्जना गर्न कुकरभित्र सिसा र माटाे राखेकाे पाइएकाे उनले बताए ।
बिहान २ बजे नै पुलमा बम देखेपछि तराई बाट आउने बसहरू राेकिएका थिए ।