काठमाडौं। नेपाल पत्रकार महासंघले आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पत्रकारले सहजरुपमा समाचार सम्प्रेषण गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । महासंघले संविधान जारी भएपछिको दोस्रो पटक हुन गइरहेको यो निर्वाचनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन समेत शुभेच्छासमेत व्यक्त गरेको छ ।

महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहज ढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण आग्रह गरेका छन् ।’निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहज ढंगबाट चल्न दिनसमेत आग्रह गरेको छ । ”निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि महासंघ सरकारसँग आग्रह गर्दछ,” महासंघले भनेको छ, साथै, निर्वाचनका बेला महासंघका सबै सदस्यहरू तथा सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै निर्वाचनको समाचार संकलन र संप्रेषण गर्ने कार्यमा जुट्न पनि आहृवान गर्दछ ।

तपाईको प्रतिक्रिया