पाल्पामा निर्वाचनको तयारी पूरा [फोटोसहित]

तानसेन। यही मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाल्पामा सबै तयारी पूरा भएको छ ।जिल्ला निर्वाचन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार सबै मतदान केन्द्रमा कर्मचारी खटाई बुथ निर्माण र सर्वदलीय बैठक सम्पन्न तथा आवश्यतक तयारी पूरा भएको हो ।

जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालका अनुसार ११८ वटै मतदान स्थलमा तयारी पुरा भएको छ । निर्वाचनका लागि खाले मतदाताहरुको लागी छुट्टा छुट्टै लाइनको व्यवस्था बस्ने स्थल निमार्ण, निषेधित क्षेत्रलगायतका स्थल निमार्ण साथै विभिन्न आचारसंमिताका व्यानर पम्पलेट टास समेत गरी सबै तयारी पुरा गरेका छन् ।

पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता रहेका छन् । दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचनका लागि पाल्पामा ४४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जिल्लामा एक हजार ९ सय ७२ कर्मचारी र ७ सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी प्रहरीसहित स्वयमसेवक र शसस्त्र प्रहरी र नेपाली सेनाको टोली समेत सुरक्षाका लागि खटिने छन् ।

जिल्लामा शान्तिपूर्ण निर्वाचन गर्नका लागि सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया