तानसेन । पाल्पा क्षेत्र नं. २(१) मा नेपाली काँग्रेसका वीर बहादुर राना विजयी भएका छन् ।उनले नेकपा एमालेका पशसुराम भट्टराईलाई पछि पार्दै विजयी हाशिल गरेका छन् ।

रानाले १६ हजार ३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी भट्टराईले १३ हजार ९६४ मत ल्याएर पराजित भएका छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले एक हजार ५९७ मत ल्याएर तेस्रो तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले एक हजार ५२० मत ल्याएर चोथो बनेका हुन् ।

राना लुम्बिनी प्रदेश सरकारका उर्जा मन्त्री पनि हुन् । उनलाई सत्ता गठबन्धका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ रहेको थियो ।

उनी २०७४ को प्रदेशसभा निर्वाचनमा समानुपातिकमा प्रदेश सासंद बनेका थिए ।

यस्तै २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा भने पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया