पाल्पा क्षेत्र नं. १ मा एमालेका आचार्य निर्वाचित

तानसेन। पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका नारायण प्रसाद आचार्य निर्वाचित भएका छन् । आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेद्वार ज्ञान बहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय रामपुरका अनुसार आचार्यले सदर मत मध्ये ३१ हजार १ सय ३ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै गाहाले २० हजार २ सय ५६ मत ल्याएका थिए ।

पाल्पा क्षेत्र नं. १ मा ५८ हजार ४ सय ९१ खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा आचार्य र गाहासगैं मा ६ जना दल र ४ जना स्वतन्त्र उम्मेद्वार गरी १० जनाबीच प्रतिस्पर्धामा भएको थियो । जहाँ स्वतन्त्र उम्मेद्वार विपिन कंडेलले दुई हजार ८ सय ६३ मत ल्याएर तेस्रो स्थान हाशिल गरेका छन् ।

तपाईको प्रतिक्रिया