पाल्पा क्षेत्र नं.१ (२) मा एमालेका सारु निर्वाचित

तानसेन। पाल्पाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंं १(२) मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित भएका छन् ।सारु नेपाली कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पछि निर्वाचित भएका हुन् ।

सारुले १४ हजार २ सय ९६ मत ल्याउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार खनालले ९ हजार ५ सय ५ मत ल्याएका थिए । लामो समय शैक्षिक क्षेत्रमा सक्रिय रहेका सारु पहिलो पटक प्रदेश सभामा उम्मेद्वार बनी निर्वाचित भएका हुन् ।

सारु र खनालसंगै सो निर्वाचन क्षेत्रमा अन्य ३ दलका उम्मेद्वारहरु प्रतिस्पर्धामा थिए ।

तपाईको प्रतिक्रिया