
तानसेन। पाल्पा निर्वाचन क्षेत्र नं.२ (२) को प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का तुलराम घर्तीमगर निर्वाचित भएका छन् ।
घर्तीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । यस्तै उनका प्रतिस्पर्धी ओमबहादुर घर्तीमगरले १३ हजार ५१ मत प्राप्त गरेका छन् ।
घर्ती २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट वाम गठबन्धनबाट विजयी भएका थिए ।
यसपटक भने एकीकृत समाजवादी, कांग्रेस, जनमोर्चालगायतको गठबन्धनबाट विजयी भएका हुन् ।