दोभानमा टेलिकमको टावर निर्माण

तानसेन। दोभानमा नेपाल टेलिकमको टावर विस्तार  भएको छ । तिनाउ गाउँपालिका वडा नं. –२, दोभानलगायतका क्षेत्रमा देखिएको नेटवर्कको समस्या समाधानका लागि नेपाल टेलिकमको टावर बिस्तार गरेको हो ।

बुधबार टावर निर्माण सम्पन्न भएर उद्घाटन भएसंगै टावर संचालनमा आएको  हो । यसअघि टावर नहुँदा टेलिफोन, इन्टरनेट र अन्य सञ्चार सुविधा लिन सास्ती खेप्दै आएका स्थानीय टावर निर्माण भएपछि खुसी भएका छन् ।

दोभानको झ्याङ्ला ,बगाहा, डोल, ,पासकुण्डा, नुवाकोट, हरियाली, खुर्साने र सुकेताललगायतका नागरिकलाई यो टावर निर्माणले सहजता भएको  स्थानीय रितु श्रेष्ठले जानकारी दिइन् ।

टेलिकमको टावर बिस्तारका लागि वडा कार्यालय र नेपाल टेलिकमको बजेट तथा स्थानीयले श्रमदान गरेका थिए  ।

तपाईको प्रतिक्रिया