
तानसेन। पाल्पामा नवजात शिशुको शव फेला परेको छ। बुधबार रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशु मृत फेला परेको प्रहरीले जनाएको छ ।
रामपुर बसपार्क नजिकै रहेको रामपुरफाँट सिंचाईको नहरमा अन्दाजी एक।दुई दिनको जस्तो देखिने शालनालसहितको नवजात शिशु (बालिका) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार नहरमा नवजात शिशुु मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।खबर लगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई रामपुर अस्पताल पठाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।