तानसेन। ग्रामीण आर्थिक विकास संघ(रेडा) पाल्पाले कृषि क्षेत्रलाई व्यवसाहिक बनाउन गलानी सम्मेलन गरेको छ। तानसेन नगरपालिकासंगको सहकार्यमा कोभिड १९ प्रतिकार्य तथा एकीकृत हरित जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त पहलमा गलानी सम्मेलन गरिएको हो ।
तानसेनमा सम्पन्न सम्मेलनमा कृषि तथा पशुपालन क्षेत्रमा देखिएका सम्भावना, समस्या, चुनौती तथा हालसम्म प्राप्त भएका उपलब्धको समीक्षा गरिएको थियो ।
सो अवसरमा ग्रामीण आर्थिक विकास संघ (रेडा) का कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले कृषि र पशुपलान क्षेत्रमा रेडाले हालसम्म केही उत्पादन वृद्धि भएका केही उपजको निर्यात समेत गर्न सफल भएको जानकारी दिए । उनले किसानले उत्पादन गेको उपजलाई अहिलेसम्म पनि बजारिकरणमा केही समस्या देखिएको बताए । उपभोक्त र कृषकबीचको दुरीलाई घटाई स्थानीय सरकारले काम गर्नुपर्ने निर्देशक कार्कीले बताए ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरले आगामी दिनमा तानसेनको कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए। उनले नगरका अधिंकाश वडाहरु ग्रामीण क्षेत्रमा पर्ने भएकोले नागरिकको आयस्तर वृद्धि गरी नगसरपालिकलाई नै समृद्ध बनाउने गरी काम गर्ने नगर प्रमुख श्रेष्ठले बताए ।
उनले नगरपालिकाले किसानका लागि रासायनिक मलको सट्टामा प्राङ्गारिक मलको प्रयोगलाई बढ्वा दिनेगरी योजना बनाएको बताउँदै नगरपनलिका र सहयोगी संथाबीचको सहकार्यले सफलता पाएको बताए ।
कार्यक्रममा तानसेन नगरपालिकाका निवर्तमान नगरप्रमुख अशोक कुमार शाहीले विगतमा सुरु गरिएको योजनालाई निरन्तरता दिन सकेमा नगर समृद्ध हुने बताए उनले कोरोना माहामारी र त्यसपछि सृजना भएको बेरोजगारीको समस्या समाधान गर्न सुरु भएकोपरियोजनामा एक हजारबढी युवा उद्यमीहरु जोडिएको हुँदा उनीहरुलाई साथमा लिएर अघि बढ्न सके नगरको विकास हुने विश्वास व्यक्त गरे ।
यस्तै कार्यक्रममा अर्थ विज्ञ सुवेक्षा नेपालल नेपालको कृषि क्षेत्र तथा अर्थतन्त्रको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । यस्तै थोक बजार संचालनका विष्यमा तानसेन नगरपालिकाका योजना अधिकृत विष्णु पौडेलले र कृषि क्षत्रका सम्भावना र चुनौतीका विषयमा कृषि विज्ञ थमनबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोही अवसरमा विभिनन समूहबीच दिगो रुपमा कृषि र पशुपालनलाई अगाडी बनाउका लागि विषेश छलफल पनि गरिएको थियो ।