
बुटवल। नेकपा एमाले नेता लीला गिरीले बुधबार मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन । प्रदेशसभाको ठूलो दल एमाले संसदीय दलका नेता गिरीले सत्तारूढ एमाले–माओवादीसहित ५८ सांसदको संमर्थनमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष नयाँ सरकारको लागि दावी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका बुधबार ५ बजेसम्मका लागि समय दिएका थिए ।
गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४ र नागरिक उन्मुक्ति ४, जनमत पार्टीका ३,लोसपाका ३, जसपाका ३, स्वतन्त्र २ सांसदको हस्ताक्षर छ ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन । लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने माओवादी र एमालेबीच सहमति भएको छ ।